विमल धर्तीसहित राष्ट्रिय फुटबल टिमका चार खेलाडी कारवाहीमा

रिपोर्ट नेपाल | 2019 Nov 16 | 03:05 pm 3137

काठमाडौं, कात्तिक ३०: अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई कारवाही गरेको छ । कारवाहीमा बिलम घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी रहेका छन् ।

यी चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । राष्ट्रिय फुटबल टोलीका चार खेलाडी अनुशासनको कारवाहीमा परेका हुन् ।

जसका कारण कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल यी चार खेलाडीले गुमाउने छन् ।

यी चार खेलाडी गएराती २ बजेसम्म ठमेलमा डिस्कोमा रहेका कारण टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार खेलाडीलाई कारवाही गरेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.