विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

| 2021 Jan 21 | 12:34 pm 1317

माेरङ, माघ ८ः सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द नेकपा (विप्लव) समूहका मोरङ जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक रहेका छन् ।

उनलाई बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।

डिएसपी राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । उनी विप्लव समूहमा आवद्ध रहेका मोरङ जिल्ला ईन्चार्ज हुन् ।

उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान,  म्याग्जिनमा लोड गरेको  अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ ।

प्रहरी अनुसन्धानमा उनी २०७७ मंसिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको हत्याको आरोपी समेत रहेको खुलेको डिएसपी राईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.