लहानमा असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा जसपाको प्रदर्शन

| 2021 Jan 21 | 09:22 pm 1297

  • महेश सिंह

सिरहा, माघ ८ः लहानमा जनता समाजबादी पार्टी नेपालले आयोजना गरेको बिरोध सभा पार्टीका जिल्ला अध्यक्ष अशोक यादव र रामदयाल यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।

जसपाले संसद विघटनको विरोधमा देशका अधिकांश जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेको थियो । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ।

पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पार्टीले सरकारलाई आग्रह गरेका छन् ।

विरोध प्रदर्शनमा समाजबादी पार्टीका दिगज नेता प्रकाश अधिकारी, राज कुमार गुप्ता राजु, राकेश झा, अशोक यादव, राजलाल यादव, शत्रुधन सिंह कोईरी, राम चलितर महतो, दिनेश महतो, रामदयाल यादव, ललिता दास, मोहमद आलम, दिपेश यादव, चन्द्र नारायण कुशवाहा, बिजय सिंह दनुवार, राम उदगार महतो, मनोज यादव, प्रमोद महतो, रामु महतो, ललित नारायण महतो, बिजय महतो, रिता साह, राम पुकार यादव, विवेक दास, राम औतार महतो लगायतका नेताहरुको सहभागिता रहेको थियो।

No description available.

उक्त कदम विरुद्ध मधेसबादी पार्टीले विरोध प्रदर्शन गरेका हुन्। जनता समाजबादी पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य प्रकाश अधिकारीले उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै हाम्रो देश प्रतिगमनको रूपमा रहेको नेता अधिकारीले बताए।

हाम्रो देशमा स्थिरता चाहिएको र अबिस्वास्को प्रस्ताव ओलीलाई लगाउनु पर्ने भन्दै । प्रधानमन्त्री ओलीको व्यंग्यको टिप्पणी गरेका थिए ।

बयलगाडी चडेर अमेरिका जान्छु भन्दै नेपाली जनतालाई मुर्ख बनाउने कामले आक्रोश भएको थियो। ब्यक्तिगत स्वार्थको लागि देशलाई बर्बाद गर्ने अधिकार नभएको ओलिलाई बताए ।

जसपाको पूर्व नगर अध्यक्ष दिनेश महतोले स्वागत मनतब्य दिदै जनताको दुई तिहाई अधिकार ल्याउन सरकारसंग हामी सम्पूर्ण नेपाली जनता सडक संघर्शमा छौँ।

सरकार आग्रह गर्दै छु सुनिएन भने आन्दोलनले अर्को रुप लिन सक्छ नेता महतो चेतावनी दिए ।

पार्टीका केन्द्रीय सदस्य राकेश झाका अनुसार देशलाई बर्बाद गर्ने अधिकार ओलीलाई कस्ले दियो आक्रोश व्यक्त गर्दै नेता झा यस्तो बताए ।

अर्को पार्टीका केन्द्रीय सदस्य राज कुमार गुप्ता राजुले भने नेपालको प्रधानमन्त्री देश हाक्न ब्यस्त छैन उनले ब्यक्तिगत स्वार्थमा लिप्त रहेको टिप्पणी गरेका थिए ।

अर्का नेतृ ललिता दासकी अनुसार हामी संघियता टिकाउन सडक संघर्षमा छौँ नेतृ दासले बताए ।

समाज बादी पार्टीका प्रभाव शाली नेता राम चलितर महतोका अनुसार गृरीगिटि जस्तो रङ्ग बद्लेर देशमा समृद्धि आउदैन र देश हाक्न असक्छम हुन्छ ओलिको भुल हो नेता महतो बताए ।

हामी लोकतन्त्र शासन बच्चाउन फेरी ७० र ७५ बर्षको इतिहास हेर्दा सयौं जनताको बलिदानि पश्चात देशमा संघियता आएको छ कार्यक्रमको अध्यक्ष तथा पार्टीका जिल्ला अध्यक्ष अशोक यादबले कार्यक्रमको समापन गर्दै यस्तो बताएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.