रोकिएन टिपर आतंक, सुर्खेतमा एक युवकको लियो ज्यान

रिपोर्ट नेपाल | 2020 Jan 28 | 04:01 pm 1822

सुर्खेत, माघ १४: मंगलबार बिहान सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंह रहेका छन् ।

उनलाई आज बिहान टिपरले किचेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।

उनका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।

अहिले उक्त स्थानमा मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.