रुकुमकाे एक विद्यालयमा एकै चोटि ६० विद्यार्थी बिरामी

रिपोर्ट नेपाल | 2019 Feb 24 | 04:30 pm 1095

रुकुम (पूर्व), फागुन  १२ : रुकुम (पूर्व) को एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकै चोटि बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ६० विद्यार्थी त्यसरी बिरामी भएका हुन् ।

आज बिहान विद्यालयमा प्रार्थना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । बिहीबारबाटै एक/दुईजनामा यस्तो समस्या देखिएको तर आज ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । दुई सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका बिरामी विद्यार्थी उपचारका लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गई उपचार गरिरहेको वडाध्यक्ष टोपे सेन ठकुरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.