राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री पदमा केपी शर्मा ओली पुनः नियुक्त

रिपोर्ट नेपाल | 2021 May 13 | 10:31 pm 989

कठमाडौं, बैशख ३०ः प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते बहुमतीय सरकार गठनका लागि गरेको आह्वान अनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।  वैशाख २७ गते संसदबाट विश्वासको मत लिन नसक्दा पदमुक्त भएका ओली तीन दिनमै पुनः प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्रीसहित केही मन्त्रीको पद तथा गोपनीयतको शपथ ग्रहण भने शुक्रबार दिउँसाे साढे २ बजे हुने बताइएकाे छ।  त्यसको तयारी थालिसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति  विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

बहुमतीय आधारमा आज राती ९ बजे सम्ममा प्रधानमन्त्रीको लागि दावी गर्न दिएको समय सीमा सकिए पछि राष्ट्रपतिले ठूलो दलका हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.