रायामाझी परिवारले स्वास्थ्य चौकिमा लाखौंको अक्सिजन उपकरण सहयोग

| 2019 Oct 16 | 09:48 pm 4497

  • शंकर रिखाम मगर

उदयपुर(मुर्कुची), असोज २९: जिल्लाको रौतामाइ गाउँपालिका वडा नम्वर ७ को स्वास्थ्य चौकी राजावास मुर्कुचीमा रायामाझी परिवारले नयाँ ब्राण्डेड अक्सिजन उपकरण हस्तान्तरण गरेका छन् ।

रौतामाइ गाउँपालिकाको आयोजनामा गरिएको अक्सिजन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष उत्तर कुमार मगरको अध्यक्ष तथा प्रमुख अतिथी रौतामाइ गापा अध्यक्ष गजेन्द्रवहादुर खड्का र विशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत खम्वराज राई र रौतामाइ गापाका प्रमुख सल्लाहकार अम्बरवहादुर रायामाझी रहेका थिए ।

उक्त कार्यक्रममा रौतामाइ गाउँपालिका वडा नम्वर ७ पुवारे निवासी स्वर्गीय आमा सावित्रा रायमाझीको नाम र सम्झनामा छोराहरु अम्बरवहादुर रायामाझी, गोविन्द रायामाझी र दिपक रायामाझीबाट रौतामाइ गाउँपालिका मार्फत स्वास्थ्य चौकी मुर्कुची राजावासमा लाखौंको अमेरिकन ब्राण्डेड कम्पनीको अक्सिजनसेट सहयोग गरेका छन् ।

धुवा, धुलो लगाएत चुलोमा काम गर्नेहरुलाई बढी मात्रामा दमका विरामी हुने पाइएको छ साथै दमका विरामी, बालबालिका, जेष्ठ नागरिक तथा गर्भवती महिलाहरुलाई सहित अक्सिजनको प्रयोग गर्न सकिने भएकोले अमेरिकन ब्राण्डेड रहेको १ लाख ४ हजार रुपैयाँ बराबरको भोल्टेज गार्ड, अक्सिजन सेट र आवश्यक पाइपहरु सहित सहयोग गरेको सहयोगदाता साथै रौतामाइका प्रमुख सल्लाहकार अम्बरबहादुर रायामाझीले बताए ।

रौतामाइ गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी गजेन्द्रवहादुर खाड्काका अनुसार रौतामाइ गापा नमुना बन्दै गइहेको अवस्थामा अझै सुनमाथी सुगन्ध थपिएको बताउँदै, स्वास्थ्य चौकिमा रौतामाइ गाउँपालिका लगायत उदयपुरगढी गाउँपालिका र त्रीयुगा नगरपालिकाको जनताहरुले समेत अत्याधुनिक मेसिनबाट अक्सिजनको सेवा सुविधा लिन पाउने अध्यक्ष खड्काले जानकारी दिए ।

 

बिजुली बत्तिको सेवा सुविधा भएकोले पानीमात्र हालेर अस्किजनको प्रयोग गर्न सकिने अक्सिजन सकिएला भन्ने डर नहुने भएको बताए । आगमी आउँदा दिनहरुमा एक्सरे मेशिन पनि राख्ने योजना भएको अध्यक्ष खड्काले जनाए ।

गएका दिनरुमा प्राइभेट अस्पतालहरुमा अक्सिजनको प्रयोग गर्दा महँगो रकम असुले पनि अवको दिनबाट आवस्यक अक्सिजन प्रयोगको लागि निःशुल्क उपलब्ध हुने रौतामाइ ७ का वडाध्यक्ष उत्तरकुमार मगरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.