रामचन्द्र पौडेलको गिरफ्तारीले सर्वसत्तावादको संकेत गर्दछ: शेरबहादुर देउवा

| 2020 Dec 02 | 06:02 pm 2418

काठमाडौं मंसिर १७ : पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको गिरफ्तारी र दुर्व्यवहारलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादको संकेतका रुपमा व्याख्या गरेका छन्। सभापति देउवाले वक्तव्य जारी गरी सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देश व्यापी प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्।

तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुलहो। आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरि निमन्त्रणा गरेर उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ सभापति देउवाले भनेका छन।

भ्रस्ट र अधिनायकवादी जगमा उभिएको सरकारको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु देउवाले भनेका छन।

सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल पौडेललाई रिहा गर्न माग गरेका छन अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न सरकारलाई देउवाले चेतावनी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.