यात्रुलाई ठग्ने दुई जना चालक प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Sep 09 | 02:12 pm 1420

सुर्खेत, भदौ २४ः यात्रुलाई ठग्ने दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतबाट दैलेख जाने यात्रुबाट एक हजारसम्म भाडा असुलेको पाइएपछि भे १ झ ८६८ नम्बरको फोर्स र भे १ च २१३८ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पास लिने र अरु यात्रुहरूसँग महङ्गो भाडा लिएर बोक्ने गरेको पाइएको छ । पहिलो पटक भएकाले दुवैजना सवारी चालकलाई सम्झाइ बुझाइ आइन्दा यसो नगर्ने सर्तमा छोडेका छौं, डीएसपी घर्तीले भने ।

यात्रुलाई ठग्ने र सवारी पासको दुरूपयोग गर्ने सवारी र चालकलाई नियन्त्रणमा लिएर कडा कारबाही गरिने प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.