मुटुमा समस्या भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

रिपोर्ट नेपाल | 2020 Feb 18 | 09:42 pm 964

काठमाडौं, फागुन ६: प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

सोमबार गृहजिल्ला झापामा विभिन्न कार्यक्रमको शिलान्यास र उद्घाटन गरेर फर्किएका ओलीको मुटुमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना गरिएको हो।

उनलाई मंगलबार अपरान्ह त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

प्रधानमन्त्री ओलीको मुटुको मनमोहन भास्कुलर सेन्टरस्थित क्याथ ल्याबमा एन्जिओग्राफी गरिएको छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण सायमीले भने ढिला भएको भए उहाँको मुटुमा गम्भीर समस्या निम्तिन सक्ने जोखिम थियो, तर, समयमै एनजिओग्राफी गरेकाले अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।

यसैगरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि धापासीस्थित ग्राण्डी अस्पताल गएर जाँच गरेका थिए।

मिर्गौलाले प्राकृतिकरुपमा काम गर्न छाडेपछि ओलीले हरेक शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गर्दै आएका छन्।

उनले चाँडै मिर्गौलाको दोस्रो पटक प्रत्यारोपणको पनि तयारी गरिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.