मुगुमा स्वास्थ्य समाग्रीको अभावः सहयोगका लागि बानियाको आपिल

| 2021 May 12 | 03:40 pm 3781

मुगु, बैशाख २९ः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणले हाल नेपालको जनजीवनमा कठिन र दुःखदायी अवस्था सृजना गहिरहेको सबैमा अबगतनै छ।

यस्तो आक्रान्त परिस्थितिमा नेपालको अति बिकट तथा उच्च हिमाली जिल्ला मुगुमा हालसम्म पर्याप्त अक्सिजन र स्वास्थ्य सामाग्रीको उपलब्ध भईसकेको छैन ।

No description available.

उक्त अवस्थालाई ध्यानमा राख्दै खत्याड कम्युनिटी हेल्थ सेन्टरले यसका लागि अभियान सुरुवात गरेको छ ।

अभियान समाजसेवी तथ जुझारु युवा अनिल बानियाको नेतृत्वमा संचालन गरिएको हो । उनको अगुवाइमा गत वर्षको लकडाउनमा पनि विभिन्न स्थानमा राहत सामाग्री वितरण गरेका थिए ।

No description available.

त्यसैगरी आफ्नै गृह जिल्लामा रहेको एक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा अग्नि पीडित परिवारलाई समेत युवा समाजसेवी बानियाको पहलमा सहयोग सामाग्री उपलब्ध गराएका थिए ।

त्यस्तै अहिले संसारभर फैलिएको दोस्रो लहरको कोरोना संक्रमण नेपालमा पनि फैलिसकेका कारण संक्रमण रोकथाम गर्न र संक्रमण भईसकेकालाई उपचार गर्नका लागि आवश्यक पर्ने अक्सिजन र स्वास्थ्य सामाग्री स्थानीय स्तरमा सहज रुपमा उपलब्ध गराउनका लागि अभियान संचालन गरेका हुन् ।

No description available.

दुर्गम ठाउँमा परिस्थिति जटिल बन्दै जाँदा कोरोना संक्रमण भएर हारगुहार माग्नु तथा ज्यान जाने स्थितिमा पुग्नु भन्दा अगाडि नै आवश्यक सामाग्रीहरुको तयारी अवस्थामा राख्नका लागि यस्तो अभियान संचालन गर्नु परेको बानियाले बताए ।

उनले यसका लागि सम्पूर्णमा सहयोगका लागि हार्दिक आपिल गरेका छन् । त्यसका लागि सहयोगी दाताहरुले ९८६९५०४५२० मा सम्पर्क गरी सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । साथै खत्याड कम्यूनिटि हेल्थ सेन्टरकाे नाममा चावहिल शाखामा रहेकाे माछापुछ्रे बैंककाे चल्ती हिसाब नम्बर 5601524886246011 मा सिधै रकम जम्मा गरेर सहयाेग गर्न सकिने पनि बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.