‘माया जालैमा’ बोलको गीत सार्वजनिक (भिडियाेसहित)

रिपोर्ट नेपाल | 2019 May 05 | 02:41 pm 2203

काठमाडाैं, वैशाख २२ :  साहित्यकार तथा गीतकार रसिक किरातका शब्दमा रहेकाे ‘माया जालैमा’ बोलको गीत सार्वजनिक भएको छ । पूर्वाञ्चल सिङ्गिङ् स्टार सिर्जना तामाङ र नितेश राईको आवाज रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे ।

पूर्वेली लोकभाकाको अत्यन्त मिठो लयमा रहेकाे उक्त गीत सङ्गीतकार तथा गायक मनोज साङ्सोनले कम्पोज गरेका हुन् । गीतमा लाखौँ युवाहरू राेजगारका लागि विदेशिएपछि यहाँको खेतीयोग्य जमिन बाँझो बनेर काँडाले भरिँदै गएको तितो यथार्थ शब्दमा अत्यन्त मार्मिक र कलात्मक शैलीमा उतारिएकाे छ ।

भिडियाे-

गीतमा माटोको सम्भावना पहिल्याएर त्यसमा समृद्दकाे फूल फुलाउन सकिने दृढ विश्वास व्यक्त गरिएको छ । यसको लागि नीति निर्माताहरूलाई समेत गीतले सशक्त ढङ्गले झस्काएको छ । यस अर्थमा यो गीत यहाँको माटोको सुगन्ध हो भन्न सकिन्छ ।

गीतले पूर्वेली लोकभाकाको विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अत्यन्त धेरै दर्शक श्रोताहरूको प्रतिक्रिया आइरहेको छ भने, गीतले दर्शक श्रोताहरूकाे मन जित्न सक्ने गीतकार रसिक किरातकाे विश्वस छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.