महिला भलिबलको विश्व वरीयतामा फड्को

रिपोर्ट नेपाल | 2020 Feb 05 | 09:42 am 2060

काठमाडौं, माघ २२: महिला भलिबलको विश्व वरीयतामा नेपाल शीर्ष एक सयमा पर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासङ्घले सार्वजनिक गरेको यस वर्षको वरीयतामा नेपाल ८७ औं स्थानमा उक्लिएको छ । नेपालको ५७ अङ्क छ । त्यस्तै भारत ९७ अङ्कसहित ५४औं स्थानमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहँदा ३८२ अङ्कसहित अमेरिका दोस्रो, ३२८ अङ्क जोड्दै ब्राजिल तेस्रो स्थानमा छ । यस्तै इटाली, टर्की, सर्बिया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.