महानगर प्रमुख दाहालले गरिन् ब्याटिङ्ग

रिपोर्ट नेपाल | 2021 Feb 06 | 06:06 pm 2885

चितवन, माघ २४ः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज कलाकार र खेलाडीबीच एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । आजै सम्पन्न हुने मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले ब्याटिङ्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्धाटन गरेका हुन् ।

महानगर प्रमुख रेनु दाहालले महानगरले गौरबको आयोजना समयमै पुरा गर्न हर प्रकारको सहयोग गरिरहेको बताइन् । दाहालले कार्यक्रममा खेलाडी तथा कलाकारहरूलाई माला लगाएर स्वागत गर्दै विजयको शुभकामना दिएकी थिइन् ।

उक्त कार्यक्रममा महानगर उपप्रमुख पार्बती शाह ठकुरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, खेलाडी र कलाकारहरूको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.