महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सर्यो

| 2020 Jul 06 | 04:34 pm 1845

काठमाडौं, असार २२ः महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । उपत्यकाभित्रको विभिन्न जघन्य किसिमको अपराध अनुसन्धान गर्दै आएको महाशाखा सोमबार बानेश्वर सरेको हो ।

नयाँ भवन निर्माण सुरु भएकाले अस्थायी रुपमा महाशाखाको कार्यालय बानेश्वर सरेको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाका अनुसार दुई वर्षका लागि बानेश्वरमा घर भाडामा लिइएको बताए ।

बानेश्वरस्थित रहेको नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट सेवा प्रवाह गर्ने भएको हो । काठमाडौं प्रहरी परिसर, टेकु भने यथावत रहने छ । काठमाडौं प्रहरीको भवन भद्रकालीमा बन्दैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.