महरालाई अस्पतालबाटै अदालत लगिने

| 2019 Oct 14 | 04:02 pm 693

काठमाडौं, २७ असोज : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।

जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो। सोही पक्राउ पूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ। महरालाई थुनामा राख‍ेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन। मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ।

प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ। सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको छ।

अहिले महरा नर्भिक अस्पतालमा उपचाररत छन्। उनलनाई २३ गते मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालबाटै महरालाई अदालत लगिने एसएसपी सुवेदीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.