भेलले बगाउँदा  एक बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Aug 19 | 12:03 pm 860

बागलुङ, भदाै २: आइतबार साँझ बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा  एक बालिकाको ज्यान गएको छ ।

ज्यान जानेमा बडिगाड गाउँपालिका–७, थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियार रहेकी छन् । उनलाई भलले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए ।

शर्मिला बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट कक्षा २ मा अध्ययन गरी फर्कने क्रममा भेलले बगाएको स्थानीयले बताए ।

बाटोमा हिँडिरहेकी शर्मिलालाई ठूलो पानी परेपछि सडक निकारामा आएको भेलले बगाएर करिब ५ सय मिटर तल बगाएर पुर्याएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.