भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन

रिपोर्ट नेपाल | 2019 Aug 07 | 06:41 am 1828

काठमाडाैं, साउन २२: (नयाँ दिल्ली) भारतीय पूर्वविदेशमन्त्री एवं भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ । नेतृकाे मंगलबार राति हृदयघातका कारण नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमले जनाएकाे हाे ।

राति सवा १० बजे उनलाइ अचानक हृदयघात भएपछि अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।

उनी बिरामी भएपछि उनका श्रीमान् र अन्य पारिवारिक सदस्यका साथै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी, पियुष गोयललगायत एम्स अस्पतालमा पुगेका थिए ।

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिने र त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.