ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ तथा चोरीपैठारीकाे सामान बरामद

| 2021 Sep 12 | 08:47 pm 1081

कञ्चनपुर, भदाै २७ः जिल्लाको पुनर्वास नगरपालिका १० दोधा पुलबाट  सशस्त्र प्रहरीले करीव १ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको धनगढी उपमहानगरपालिका २ सरस्वतीनगर बस्ने २८ वर्षीय शेखर थापा र २६ वर्षीय दिपक विष्ट रहेका छन् ।

सु.प्र.प. ०१–००७ प ९५१८ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दोधाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० गड्डाचौकीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ३ लाख १ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

दुई लाख भन्दा बढि मुल्यको औषधी बरामद 
कञ्चनपुर, बेवारिसे अवस्थामा रहेको करीब २ लाख २७ हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिटोलबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ ।

उक्त औषधी सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १  मिलनचोकबाट बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.