बोलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

रिपोर्ट नेपाल | 2021 Apr 21 | 08:19 am 941

चितवन, बैशाख ८ः पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेकी छन् ।

पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ जाँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

ओलीलाई बोलेरोले मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृत्यु भएको र ओलीलाई ठक्कर दिने बोलेरो रचालक प्रहरीको नियन्त्रणमा रहेका चितवन प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.