बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

रिपोर्ट नेपाल | 2021 Sep 11 | 09:33 am 1117

बैतडी, भदौं  २६ः सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर १३ मिनेटमा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले ५ दशमलबव् ३ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.