बुद्धमूर्ति तोडफोडको घटना सरकारले छानबिन गर्ने

रिपोर्ट नेपाल | 2019 Jul 18 | 05:56 pm 701

काठमाडौं, साउन २ : रुपन्देहीको बेलहिया सडकखण्डको बगैंचाक्षेत्रमा राखिएका पाँचवटा बुद्ध मूर्ति तोडफोडको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ। बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बुद्धमूर्ति तोडफोडको घटना छानबिन हुने बताए ।

सञ्चारकर्मीहरुले उक्त घटनाबारे प्रश्न गरेपछि बाँस्कोटाले छानबिन थाल्ने बताएका हुन्। ‘गौतम बुद्धका मूर्ति तोडेको घटनाबारे छानबिन हुन्छ। यसलाई धार्मिक सहिष्णुतामा असर पार्न खोजिएको अर्थमा बुझ्नु हुँदैन’, उनले भने, ‘यो अपराध कसले, किन गर्‍यो भन्‍ने कुरा छानबिनबाट पत्ता लाग्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.