बाघको आक्रमणमा परी २ जना घाइते

रिपोर्ट नेपाल | 2019 May 08 | 06:53 pm 1884

कास्की, वैशाख २५: पोखराको दुई छुट्टाछुट्टै स्थानमा बुधबार बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीलेका अनुसार शिशुवा र त्रित्याङ चोकमा बाघले आक्रमण गरेको जानकारी दिए ।

बाघको आक्रमणमा परी घाइेत हुनेमा धरानका ४५ वर्षीय टिका बहादुर लिम्बु र पोखरा ३० की ५७ वर्षीया राधिका आचार्य रहेको प्रवक्ता पुरीले जनाए । घाइते भएका दुवै जनालाई उपचारको लागि लेखनाथ सिटि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.