महेश सिंह सिरहा, पुस २३ः जिल्लाको धनगढीमाई नगरपालिका १२ का २३ वर्षीय रमेश यादवलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
स्थानीय एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको जानकारी पाए लगत्तै प्रहरी घटना स्थल पुगेका थिए ।
बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र लहानबाट खटिएको प्रहरी टोलीले यादबलाई पक्राउ गरेको छ ।
प्रहरीले यादबलाई पक्राउ गरी थपअनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुरबेदीले जानकारी दिए।