फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 05 | 06:46 pm 1691

काठमाडौं, साउन २१ः मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रही फरार अभियुक्त सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका ४ जना महिलाहरुलाई तामाङ समेतले विभिन्न मितिमा कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाईदिने भन्दै प्रलोभनमा पारी २०७३ चैत्रमा वीरगञ्ज नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाई राखेका थिए ।

उक्त अवस्थामा भारतस्थित नेपाली दुतावास समेतको सहयोगमा उद्धार गरेर २०७४ जेठमा काठमाडौं ल्याई मनोपरामर्श पश्चात् आफन्तको जिम्मा लगाइएको थियो ।

उक्त घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

तामाङ उपर कानुन बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.