फरार अभियुक्त चार वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 13 | 07:00 pm 1214

सिरहा, पुस २८ : चार वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा जिल्ला अदालतबाट १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका कल्याणपुर नगरपालिका ८ का ३५ वर्षीय मोहम्मद हसिम राईनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला अदालत सिरहाले ८ चैत २०७२ मा आदेश गरेपछि राईन फरार थिए । पक्राउ परेका राईनलाई जिल्ला अदालत सिरहामा बुुझाइएको र फैसला कार्यान्वनको क्रममा जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा लुकेर बस्दै आएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.