प्रहरीकै संरक्षणमा मदिरा तस्करी स्थानीयले प्रतिकार गर्दा प्रहरीको कुटाईबाट एक जना घाइते

| 2021 May 12 | 04:37 pm 2689

  • महेश सिंह

सिरहा, बैशाख २९ः सिरहाको औंरही गाउँपालिका वडा नम्बर १ हरकटीमा प्रहरी चौकीको इन्चार्ज असई बिजय सिंहको संरक्षणमा मदिरा तस्करी फस्टाएको छ।

उक्त गाउँपालिकामा गत बर्ष २०७७ पुष २५ गते भएको स्थानीयको झगडामा एक जना ४७ बर्षीय अरुण कुमार यादवको मृत्यु भएको थियो।

स्थानीय ललित नारायण साह चौधरी कलालले सोही गाउँपालिकाको हनुमान चौकमा दिपक मदिरा पसल संचालन गर्दै आएका छन् ।

प्रहरी चौकी हरकटीका ईन्चार्ज विजय सिंहले प्रदेश २–०१–००१ च ०२३४ नम्बरको बेलेरो पिकअप भ्यानमा मदिरा लोड गरी बरीयारपट्टी गाउँपालिका १ दरैयाको बाटो हुदै जादाँ दरैयाका स्थानीयले रोकेका थिए ।

रोकेपछि पिकअप भ्यानमा ईन्चार्ज आफै बसेको स्थानीय काशिलाल कामैतले बताए । भ्यान रोकेपछि स्थानीय र प्रहरीबीच घम्सा घम्सी भएको थियो । त्यसमा ईन्चार्ज सिंहको हुतीयाईबाट स्थानीय २३ बर्षीय सहदीप कामैतको टाउकोमा गम्भिर चोट लागेको थियो ।

स्थानीय युवकले भिडियो बनाउन खोज्दा ईन्चार्ज सिंहले गाली गलौज गर्न लागेको स्थानीय कामैतले बताए । भ्यान रोकिएको ठाउँबाट भारतीय बोर्डर ३ सय मिटर मात्र रहेको छ ।

माघ महिनामा प्रहरी चौकीमा आएका सिंह विशेषतः सादा पोशाकमा रहने गरेको छ । यस्तो महामारीको समयमा पसल बन्द गर्न लगाउने, भिडभाड गर्न नदिने जस्ता जनचेतना जगाउदै हिड्नु पर्ने प्रहरी राती राती भारतमा मदिरा ओसारपोसार गर्नु यो कस्तो प्रहरी प्रसाशन हो ? त्यसैले लाग्छ मलाई यसमा ठुलै पैसाको चलखेल भएको स्थानीय युवक परितोष कुमार यादवले बताए ।

यता सम्बन्धित वडाका वडा अध्यक्ष सुरैत लाल ठाकुरका अनुसार यस घटनाको बारेमा कुनै जानकारी नभएको बताए । प्रहरी ईन्चार्ज सिंहले भने वडा अध्यक्षलाई सोधेको छु । तर त्यो पुरै गलत हो वडा अध्यक्ष ठाकुरले बताए ।

सिरहाका एसपी हिराबहादुर पाण्डेका अनुसार, मदिरा तस्करी गर्न लागेको नभएर एक ठाउँबाट अर्को ठाउँमा ओसार्न लागेको थियो । तर स्थानीय केही व्यक्तिले अर्थको अनर्थ लगाएर प्रहरीलाई पनि दुर्व्यवहार गर्यो ।

यसरी औरहीको सिमावर्ती गाउँ दरहियामा स्थानीयले मदिरा ओसार्न लागेको गाडी तोडफोड गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.