प्रदेश नं २ को नाम मिथिला-भोजपुरा राख्नुपर्छ : उपसभापति निधि

रिपोर्ट नेपाल | 2019 May 07 | 03:26 pm 1435

धनुषा, वैशाख २४ :  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सङ्घीयतालाई कार्यान्वयन गर्ने कुनै कार्यक्रम नरहेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुनै कार्यक्रम नभएको बताए ।

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रम अश्वासनको पोको मात्रै हो, यो कार्यक्रमविहीन र नीतिविहीन रहेको आरोप लगाउँदै सङ्घीयता र संविधान विरोधी नीति तथा कार्यक्रमले संविधान संशोधनको मुद्दालाई पनि गौण बनाएको बताए ।

उनले कांग्रेस अहिले पनि संविधान संशोधनको पक्षमा अडिग रहेको बताउँदै मधेशवादी दलले नै संविधान संशोधनमा रुचि नराखेको बताए । उपसभापति निधिले प्रदेश नं २ को नामकरण मधेश नभई मिथिला–भोजपुरा राख्नुपर्ने धारणा व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.