प्रचण्ड – माधवको बहिर्गमन पछि मात्रै संबैधानिक नियुक्त्ति गरेको ओलीको दावी

| 2021 Feb 20 | 05:50 pm 1181

विराटनगर फागुन ८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विकासको बाधक भएको कारणले संविधानको अधिकारलाई प्रयोग गरेर आफूले नयाँ जनमतका लागि संसद विघटन गरेको बताएका छन् ।

विराटनगरमा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी गरे । उनले प्रचण्ड–माधव नेपाल पक्षतिर लागेहरु आफूतिर फर्किन लागेको पनि बताए । जसअनुसार आजमात्रै शेरबहादुर तामाङ र उषाकला राई आफ्नो समूहमा फर्किएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी गर्दै उताबाट फर्केर आफूकहाँ आउन पनि आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.