पेस्तोल देखाएर पाँच लाख लुट्यो

रिपोर्ट नेपाल | 2020 Jan 11 | 03:37 pm 904

महोत्तरी, पुस २६ः शुक्रबार साँझ बर्दियास्थित फरवार्ड फाइनान्समा कार्यरत सविता चौधरीको साथमा रहेको ५ लाख रुपैयाँ मोटरसाइलकमा आएका दुई जना लुटेराले पेस्तोल देखाएर लुटेका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका ६ मदनपट्टिमा चौधरीको पिछा गर्दै आएका उनीहरुले पाँच लाख नगद र कागजातसहितको झोला लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

फाइनान्समा कार्यरत चौधरी भङ्गाहा ६ र ७ का ७० बचतकर्ता र ऋणीबाट सङ्कलित रकम लिएर बर्दिवासतर्फ को २८ प ६९ नम्बरको स्कुटरमा फर्किरहेकी थिइन् ।

सोही क्रममा मोटरसाइकलमा पिछा गर्दै आएका दुई जना लुटेराले पेस्तोल देखाएर झोला खोसेका थिए । हतियार देखाएर रकमसहितको झोला लुट्ने लुटेरा चढेको मोटरसाइकलको नम्बर भने खुल्न सकेको छैन् ।

यद्यपि पीडित युवतीले दिएको जानकारीका आधारमा प्रहरीले खोजतलास तीब्र पारेको एसपी अधिकारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.