पर्साका असईको सरुवामा सईको मस्ती

| 2020 Sep 06 | 02:30 pm 1647

वीरगञ्ज, भदौ २१ः जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार गरेको पच्चीसवटा युनिटको सरुवामा प्रशासनका सई सोमप्रसाद रिमालले राम्रो तर मारेको बुझिएको छ ।

हालसालै असईबाट बढुवा भएका रिमालले कतिपय युनिटका असईलाई रकम लिएर इन्चार्जबाट इन्चार्जमा खटाएका छन् ।

एसपी गंगा पन्तको खास मान्छे हुँ भन्दै हिड्ने सई रिमालले प्रहरी चौकी भिसुवा गाउँबाट असई कपीलदेव प्रसादलाई प्रहरी चौकी पिडारीगुठी पर्सा इन्चार्जमै पठाएका छन् ।

त्यसैगरी असई रामदेव चौधरीलाई अस्थायी प्रहरी पोष्ट सुगौली पर्साबाट अस्थायी प्रहरी पाेष्ट विन्धवासिनी पठाएका छन् ।

सरुवाको सूची र सई रिमाललाई दिएको जिम्मेवारी हेर्दा एसपीसँग राम्रै सम्बन्ध भएको देखिन्छ ।

अन्य प्रहरी कार्यालयमा प्रशासनको जिम्मा इनेस्पेक्टरलाई दिइन्छन तर पर्सामा भने भरखर असईबाट सईको फुली लगाएका सोमप्रसाद रिमाललाई दिएपछि एसपी पन्तका विषयमा त्यही कार्यरत प्रहरी कर्मचारीले चर्चा परिचर्चा गर्ने गरेका छन् ।

एसपी गंगा पन्तको नाम भजाउँदै सई रिमालले चेनअफ कमाण्डलाई समेत चुनौती दिने गरेको बुझिएको छ ।

इनेस्पेक्टर आफू भन्दा सिनियर सईलाई सलाम गर्नुपर्छ भनेर देखे पनि नदेखे झै गरी हिड्ने गरेको पनि समाचार स्रोत बताउँछ ।

प्रशासनको रवाफ देखाउँदै युनिटका इन्चार्जबाट मोबाइलको रिचार्ज हाल्न लगाउने देखि विभिन्न सामान मागेर हैरान पार्ने एक प्रहरी बताउँछन् ।

सई रिमालले इनेस्पेक्टर रबीभुषण यादव जस्तै बदमासी गर्न थालेको छ । सरुवा भएकालाई त्यही थन्काएर राख्ने र चाैकी पठाउँदा ५ देखि १० हजार लिने गरेको र सिपही हवल्दारलाई हेरफेर गर्दा पनि यस्तै पैसाकाे काराेबार गर्ने गरेकाे समाचार स्रोत बताउँछ । सई रिमाललाई कहिले दरबन्दी सप्तरी पठाउने हाे त्याे हेर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.