नेपाल आइडल रवि ओडकाे पहिलाे गीत ‘मिठो बोलीले…’ सार्वजनिक (भिडियाेसहित)

रिपोर्ट नेपाल | 2019 Apr 07 | 04:00 pm 1342

काठमाडौं, चैत २४ : दोस्रो नेपाल आइडल रवि ओडले आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  शुक्रवार यूट्युबमार्फत ‘मिठो बोलीले…’ गीतको भिडियोले  सार्वजनिक भएको हाे ।

नृत्यपरक गीतमा हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्द रहेको छ । गीतको भिडियो निकै आकर्षक बनेको छ । शिव विकको कोरियोफी तथा निर्देशन रहेको भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओडनै फिचर्ड छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायाँकार हुन् ।

भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायाँकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारको प्रयोग गरिएको छ ।

भिडियाे :

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.