नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने सिरम इन्स्टिच्युट अफ इण्डियामा आगलागी

रिपोर्ट नेपाल | 2021 Jan 21 | 05:30 pm 1661

काठमाडाैं, माघ ८ः नेपाललाई कोभिड–१९ (कोरोना) विरुद्धको खोप उपलब्ध गराउने भारतको महाराष्ट्रस्थित पुणेमा रहेको सिरम इन्स्टिच्युट अफ इण्डियामा आगलागी भएको छ ।

अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउनका लागि १५ वटा दमकल प्रयझग गरिएको छ । गत वर्ष मात्र उद्घाटन गरिएको इन्स्टिच्युटको नयाँ प्लान्टमा आगो लागेको हो ।

आगलागी के कारणले भएको हाे भन्नेबारे खुल्न नसकेको छैन । प्लान्टभित्र कति जना फसेका छन् भन्नेबारे जानकारी आइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त इन्स्टिच्युटले कोभिड विरुद्धको खोप उत्पादन गर्दै आएको छ । त्यहीबाट उत्पादन भएको खोप भारतले विभिन्न देशमा पुर्याएको छ । आजैमात्रै नेपालले पहिलो खाेप भ्याक्सिन ल्याइएको हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.