नेपालकी जलपरी गौरिकाद्वारा चौथो स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 09 | 06:15 pm 1441

काठमाडौं, मंसिर २३: नेपालकी जलपरी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छिन् । उनको जीतसँगै समग्रमा नेपालको लागि यो जारी सागमा ४९औं स्वर्ण दिलाएकी हुन् ।

सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा सोमबार गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा उनले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरी स्वर्ण हासिल गरेकी हुन् ।

उनले भारतीय प्रतिद्वन्द्वीलाई ०.०२ सेकेन्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । भारतकी सिवांगी शर्माले ५८.१५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जितिन् । एनी जैनले ५९.०४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य हात पारिन् ।

यसअघि उनले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन् ।

उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी समेत बनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.