धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति

| 2020 Nov 18 | 03:26 pm 2065

मोरङ, मंसिर ३ः उर्लाबारीमा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मंगलबार दिउँसो उर्लाबारी नगरपालिका वडा–३ चन्दने चोक बस्ने हरि गडतौलाको ट्रयाक्टर र थ्रेसरमा आगलागी भएको हो । थ्रेसर लगाउने क्रममा अचानक आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट ट्रयाक्टर, थ्रेसर र पराल जलेको छ । आठ कट्ठामा लगाएको धान थ्रेसर गर्ने क्रममा अन्तिम समयमा एक्कासी अगलागी भएको प्रहरीले बताएको छ ।

आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.