धरानमा दुई समुहबीच झडप हुँदा छुरी प्रहारबाट एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2019 Mar 21 | 10:33 pm 1111

धरान, चैत्र ७ : धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दिउसो साढे ३ बजे धरान–७ बगैचालाइन स्थित दुइ समुह बिच झडप हुँदा धरान–८ का २० वर्षीय निमा तामाङको छातीको दाँहिने भागमा छुरी प्रहारबाट मृत्यु भएको हो ।

तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको प्रहरीजे जनाएको छ ।

सोही झडपमा धरान–८ का १७ वर्षीय मिलन बिक घाइते भएका छन् । प्रहरीले कानून विपरीत कार्य गरेको आरोपमा २१ जनालाइ पक्राउ गरेको छ । उनीहरूको साथबाट कट्टी, खुकुरी, बञ्चरोलगायतका हतियार बरामद गरेको जनाइएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.