धनुषामा प्रहरी चौकी अगाडीबाटै जेसिबी चोरी

रिपोर्ट नेपाल | 2021 Apr 21 | 09:07 am 1201

  • राजन झा

जनकपुरधाम, बैशाख ८ः धनुषामा प्रहरी चौकी अगाडीबाटै जेसिबि चोरी भएको छ । जिल्लाको ढल्केवर प्रहरी चौकी अगाडीबाट ना१क ५९२४ नम्बरको जेसिबी चोरी भएको हो ।

No description available.

गत बुधबार बैशाख १ गते राति पार्किंङ गरी राखेको अवस्थामा चोरी भएको जेसिबी धनी राम पुकार यादवले जनाएको छ । चोरी भएको उक्त जेसिबी भारतबाट सोलुखुम्बुको लागि ४०० केभीए बिद्युत प्रशारणको लागि भईरहेको कार्यमा ढल्केवरमा रहेको थियो ।

No description available.

जेसिबी धनी यादवका अनुसार ढल्केवरमा विद्युत प्रशारण कार्यमा प्रयोगमा रहेको २ वटा जेसिबी सँगै पार्किंङ गरिएको थियो जसमा एउटा चोरी भएको हो । ४६ लाख पर्ने उक्त जेसिबी उनले करिब २ बर्ष पहिले लिएको किनेका थिए ।

प्रहरी चौकी अगाडीबाटै जेसिबी चोरी भएपछि दुःखेसो पोख्दै जेसिबी धनी यादव भन्छन् हामी सुरक्षित कहाँ हुने । चोरी भएपछि प्रहरी चौकीमा पनि हराएको जेसिबी खोजिदिन जानकारी गराएका छौं, तर एक सप्ताह बितिसक्दा पनि हालसम्म केही जानकारी नआएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.