जनकपुर फागुन ४: धनुषा जिल्लाको कमला नगरपालिका–२ माचि झिटकैयामा मंगलबार एक महिलाको शव खेतमा फेला परेको छ।
ईलाका प्रहरी कार्यालय खजुरीका अनुसार खेतमा फेलापरेको शव ३५ वर्षीय संगीतादेवी गडेरी राउतको भएको जनाएको छ।
हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको शव झिटकैयाको पश्चिमवारी टोल बस्ने खुशीलाल गडेरीकी जेठी पत्नीको भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले रिपोर्ट नेपाललाई बताएका छन।
संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएका प्रहरी निरीक्षक रोकायाले जानकारी गराए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।