दोलखामा जेसिबीदुर्घटना एकका मृत्यु तीन घाइते

| 2019 Dec 12 | 09:47 am 1348

दोलखा, मंसिर २६: गएराति जेसिबी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, तीन जना घाइते भएका छन् ।

राति करिब साढे ९ बजे चरिकोट सातदोबाटो देखी दोलखा बजारतर्फ जाँदै गर्दा भिमेश्वर नगरपालिका वडा नं २ तिखातलस्थित नम्बर नभएको जेसिबी दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बिगु गाउँपालिका खोपचागुका २२ वर्षीय राजु थामी रहेका छन् ।

घाइते हुनेमा बिगु गाउँपालिका ७ का २७ वर्षीय विजय श्रेष्ठ , भिमेश्वर नगरपालिका २ का १६ वर्षीय सुमन थामी र कालिन्चोक गाउँपालिका ४ का २२ वर्षीय राजकुमार थामी रहेका छन् । उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.