त्रिशुलीमा रात्रीबस खस्यो

रिपोर्ट नेपाल | 2019 Mar 25 | 11:52 pm 1329

काठमाण्डौं, चैत्र ११ : मुग्लीङबाट पोखरा जाँदै गरेको रात्रीबस बस त्रिशुली नदिमा खसेको समाचार प्राप्त भएको छ । चितवनको इच्छाकामना ५ घोप्टेभीरबाट ना ५ ख ३६८२ नम्बरको बस राती १० बजे त्रिशुलीमा खसेको प्रहरीले बताए ।

बस सडक देखि ३ सय मिटर तल त्रिशुली नदिमा खसेको छ । दुर्घटना स्थलबाट एक जना यात्रुको उद्धार गरेको मुग्लीन प्रहरीले जानकारी दिए । गाडीमा कति यात्री थिए भन्ने बारेमा खुल्न सकेको छैन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

अहिले उद्दारको लागि स्थानीय, सशस्त्र प्रहरी बल बिपत ब्यबस्थापन तालिम केन्द्र कुरिनटारका सुरक्षाकर्मी र इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी घटनास्थल पुगेर उद्दारमा खटिएका  प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.