तीज गीतमा राजनीतिलाई व्यंग्य, विष्णु परियार स्वरमा रहेको ‘राष्ट्रपति’ सार्वजनिक (भिडियाेसहित)

रिपोर्ट नेपाल | 2019 Jul 31 | 04:35 pm 3102

काठमाडाैं, साउन १५  :  तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रङ्गको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् ।

याे वर्षकाे तीज पनि नजिकिँन्दै छ । धमाधम तीज गीतहरू बजारमा आइरहेका छन् । यही तीज गीतहरूका भिडमा एउटा नयाँ स्वाद दिने तीज गीत बजारमा आएको छ ।

विष्णु परियार र राजन वख्रेलको स्वरमा रहेको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीत सार्वजनिक भएको हाे । दिलीप रेग्मीको शब्द सङ्गीतमा रहेको उक्ले गीतले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ ।

राजनीतिको झुटा आश्वासन, नेताहरूको झुटा सपना र चिप्ला-चिप्ला भाषणले सर्वसाधारणलाई दिक्क पारेको गीतले बोलेको छ । गीतमा पानी जहाज र रेल भन्दा पनि नेपाली चेलीबेटी आमा दिदीबहिनीहरू ढुक्कसँग हिँड्न डुल्न घुम्न रमाउन पाउनु पर्ने समावेश गरिएकाे छ ।

भिडियाे हेर्नुहाेस् 

 

चुनावकाे बेलामा ठूला ठूला गर्ने तर अहिले जनताले सिटामाेल पनि खाए नपाएकाे दुखेसाे उक्त गीतमार्फत पाेखिएकाे छ । उक्त गीतको भिडियोलाई दिलीप रेग्मीले निर्देशन गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । निरेन श्रेष्ठको कोरियोग्रफिमा रहेको गीतको भिडियोमा अलिन रायमाझी, दिलीप रेग्मी र यादव देवकोटाको फिचरिङ रहेको छ ।

त्यस्तै उक्त गीतको भिडियोमा अम्बिका जिसी रोकालाई राष्ट्रपति, दल बहादुर केसीलाई प्रधानमन्त्री र माधव अधिकारीलाई गृहमन्त्रीको रूपमा देखाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.