ठूलो परिणाममा विस्फोटक पदार्थ बरामद

रिपोर्ट नेपाल | 2019 Sep 30 | 11:14 am 2339

झापा, असाेज १३: जिल्लाकाे अर्जुनधारा नगरपािलका १ बाट ठूलो परिणाममा विस्फोटक पदार्थ बरामद गरिएको छ। बरामद गरिएको उक्त  विस्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ समुह नेतृत्वको कार्यकर्ताले राखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

आइतबार राति  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले एक घरमा भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद गरेको हो।

प्रहरीले दिएकाे जानकारी अनुसार ती विस्फाेटक पदार्थ बम बनाउनका लागि आवश्यक निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायतका वस्तु रहेकाे बताए । बरामद गरिएको विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

विस्फोटक पदार्थको विषयमा सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.