ट्र्याक्टर दुर्घटना हुँदा अछाममा एककाे मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2020 Oct 13 | 09:21 am 1156

अछाम, असाेज २७ः सोमबार साँझ साँफेबगर नगरपालिका-७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने, अन्य दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा १८ वर्षीय राजु नगाजी रहेका छन्।

बालुवा बोकेको से १ त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा राजुको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जानकारी दिएका हो ।

उक्त दुर्घटनामा परी  घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.