पाल्पा, पुस १२: बुटवल पाल्पा सडकखण्डमा स्कुटर ट्रिपरसँग ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
पाल्पाबाट चुनढुंगा लिएर बुटवलतर्फ जाँदै गरेको लु २ ख १७६३ नम्बरको ट्रिपरसँग तिनाउ गाउँपालिकास्थि ३ ड्याम साइड नजिक लु १९ प २८०३ नम्बरको स्कुटर ठोकिएको हो ।
दुर्घटनामा स्कुटर चालक बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का २५ वर्षीय सिदान्त थापाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भी घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।