जुवाको खालबाट ८ जना नगदसहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 20 | 07:57 pm 1188

तनहुँ, मंसिर ५ः अवैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केशर आले, यम बहादुर आले, गगन सिंह परियार, बलराम राना, चन्द्र बहादुर मगर, बिष्णु बहादुर सेढाई, बिवेक बहादुर सेढाई र तुला थापा मगर रहेका छन् ।

उनीहरुलाई गएराति तनहुँ ब्यास नगरपालिका १३ बेलबासबाट बलराम रानाको घर भित्र जुवा खेली रहेका छ भन्ने गोप्य सुचनाको आधारमा बिहान १ः१५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा ७ जनाको टोली खटी गई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले जुवाको खालबाट तास २ सय ७० पत्ति, तन्ना थान १, नेपाली नगद २६ हजार २ सय ७५ बरामद गरी नियन्त्रणमा लिएका उनीहरुको थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.