जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक

| 2021 Jan 18 | 11:51 am 1133

जुम्ला, माघ ५ः नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै शनिबार वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे ।

टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जुम्ला वितरण केन्द्रले जनाएकाे छ । त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने  प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्रत्येक हप्ता लोडसेडिङको तालिका परिवर्तन हुने पनि जुम्ला वितरण केन्द्रले जनाएकाे छ । सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.