जुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुख विहीन

रिपोर्ट नेपाल | 2021 Feb 03 | 10:41 am 3193

जुम्ला, माघ २१: जुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुख विहीन भएका छन्‌।

जाडो महिना शुरू भएपछि प्रमुखहरू विभिन्‍न समस्या देखाउँदै तराइतिर झर्ने प्रवृत्तिका कारण सरकारी कार्यालयमा सेवाप्रवाह समेत प्रभावित हुने गरेको सेवाग्राहीले बताएका छन्‌।

कार्यालय प्रमुख विहीन हुने समस्या हिउँदको समयमा मात्र भने होइन। निकै अघिदेखि कायम रहिरहेकाले यस्तो समस्या अझै हटेको छैन।

विभागीय प्रमुखहरू कार्यालयमा नबस्दा समस्या खेप्नुपरेको गुनासो बढेपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा छड्के अनुगमन गरिएको छ। प्रजिअ थापाले सरकारी कार्यालय सेवा चुस्तदुरुस्त बनाउन छड्के अनुगमन गरिएको बताए।

जुम्लाका ७ वटा कार्यालयमा समय प्रमुख विहिन रहेको पाइएको छ। प्रशासनले गरेको छड्केमा प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोन जुम्ला, जनस्वास्थ सेवा कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्ला, अन्तरिक राजश्व कार्यालय, तथ्याङ्क कार्यालय जुम्ला, उपभोक्ता हक हित संरक्षण मञ्च कार्यालय जुम्ला, भवन तथा शहरी विकास कार्यालय जुम्ला र कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाका प्रमुख अनुपस्थित रहेको पाइएको हो । जुम्लामा २ सय ३० वटा सरकारी कार्यालय रहेका छन्‌।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.