जीप दुर्घटनामा दुईको मृत्यु, सत्र घाइते, तीनकाे अबस्था गम्भीर

| 2021 Oct 11 | 07:12 am 1357

स्याङ्जा, असोज २४ः वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । जीप र्दुघटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ७७ वर्षीय दल बहादुर पल्ली र सोही ठाउँ बस्ने ३२ वर्षीय गंगा पल्ली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ नगरपालिका १० मदिखोलामा दुर्घटना हुँदा १७ जना घाईते भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारले बताए ।

तीन जना घाइतेको अवस्था चिन्ताजनक, १३ को मध्यम र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले बताए। जीप सडकदेखि करिव ५० मिटर तल खसेको छ भने जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.