जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 23 | 09:10 pm 1252

कास्की, चैत्र ९ : पोखरा महानगरपालिका–६ लेकसाईडस्थित मितेरी मार्गका १६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थानका ५८ वर्षीय सुन्दरकुमार श्रेष्ठ र पोखरा महानगरपालिका–११ फुलवारीमन ३७ वर्षीय सुवास सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.