छुट्टा छुट्टै जुवा खालबाट १९ जना जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 22 | 08:56 pm 1768

तनहुँ, मंसिर ७ः जुवा तास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिका १ हाईस्कुलटार स्थितमा रेशम उचैले संचालन गरेको रेष्टुरेण्टमा जुवा तास खेली रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक सबिता केसीको कमाण्डमा ७ जनाको टोली खटी गई नियन्त्रणमा लिएको हो ।

खेल्दै गरेको अवस्थामा प्रहरीले रेशम उचै, बिकास राना, एकराज शाही, केसर बहादुर खाण, रेशम सुनार, यम बहादुर मल्ल, खम बहादुर खान, देवन गुरुङ, गोपाल चन्द, बुद्ध सिंह थापा, मनोज खाण ठकुरी, केशर बहादुर शाही, सिद्ध बहादुर बंशी र नर बहादुर आले गरी १४ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरु खेलिरहेको स्थानबाटै तास, नेपाली नगद ७४ हजार ४ सय ४५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तनहुँ शुक्लागण्डकी नगरपालिका ५ ब्राईटचोक स्थितमा दिनेश कुमार श्रेष्ठले संचालन गरेको सिम्रन खाजा घरमा हार जितको बाजी राखी जुवा तास खेलाई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक जगदिश रेग्मीको कमाण्डमा ५ जनाको खटी गएको टोलीले जुवातास खेलिरहेको अबस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा याम बहादुर गरुङ, दिपक गुरुङ, बुद्दी बहादुर बिक, ढक बहादुर खाण, दिनेश कुमार श्रेष्ठ गरी ५ जनालाई नगद १ लाख ३४ हजार ३ सय २० रुपैयां सहित नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीले जुवा तास समेत बरामद गरी उनीहरुलाई आजै सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमति लिई छुट्टा छुट्टै जुवा मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.